२०७७ बैसाख २९ गते सोमबारको तपाईको राशिफल


२९ बैशाख २०७७, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुनौलो भविष्यको योजना बन्ने योग छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । साँझपख शुभ समाचार आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज परिश्रमद्वारा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । शेयर बजरको कारोवारबाट सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नसोचेको ठाउँबाट धनागम हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पनि पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । बित्तीय संस्थाबाट सहयोग पाइने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साथीभाई या नयाँ व्यक्तिसँग भेटघाट रहला । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्यमा समस्या आउन सक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज विद्या र बुद्धिको विकास हुनेछ । योजना तथा छलफलमा सहभागी भईएला । नयाँ रोजगारको अवसर मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । सामाजिक कार्यमा सहभागी पनि भईएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । बेलुकीपख भने खर्च बढ्न सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज यात्रा गरेमा मालसामान हराउन सक्छ । चोट पटकको भय छ सचेत रहनुहोला, तर सहकर्मीबाट विशेष सहयोग मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
महत्वपूर्ण कामको योजना र थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । शैक्षिक क्षेत्र सुधार उन्मुख हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७