२०७७ बैशाख ३० गते मंगलबारको तपाईको राशिफल


३० बैशाख २०७७, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । नयाँ काम वा रोजगार पाइने छ । राजनैतिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा चल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज धार्मिक र सामाजिक कार्यमा रुची बढ्ने छ । वित्तीय संस्थाबाट सहयोग पाइने छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउने छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मानसिक चिन्त बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । कला र गलाको प्रभाव बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । दाम्पत्य जीवन सुखमय नै रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मंगल कार्यको योजना बन्ने छ । कृषि कार्यमा सहभागी भईएला । नयाँ रोजगारको अवसरले पछ्याउने छ । स्वादिष्ट खानेकुरा पनि मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज कार्यमा सम्पादनमा समस्या आउँला । पारिवारिक उल्झनमा परि काम विग्रिएला । सरकारी निकायको भय पनि रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिने छ । महिला मित्रबाट विशेष सहयोग मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधिमार्फत भेटघाट हुनेछ । रोकिएका व्यापार व्ययबसाय विस्तारै सुचारु हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म, कर्म, तथा समाज सेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिने छ । शुभकार्यको योजना हुनेछ । साँझमा पैसा खर्च बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
स्वास्थप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभकार्यको चर्चा चल्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउँला । सफलता र उपहार पाइने सम्भावना पनि छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७