नेपाल आउँदै प्रशिक्षक अल्मुताइरी


१३ कार्तिक २०७८, शनिबार
Head Coach AA

काठमाडौं, १३ कात्तिक । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आउने भएका छन् ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिप पछि उतैबाट कतार हुँदै कुवेत गएका अल्मुताइरी शनिबार नेपाल फर्किन लागेका हुन् ।

अल्मुताइरीले कतारको हमाद विमानस्थलमा नेपाल फर्कने विमान कुरिरहेको फोटो सामाजिक सञ्जालमा राख्दै नेपाल फर्कन लागेको जानकारी दिएका हुन् ।

च्याम्पियनसिपकै बेला अब नेपाल नफर्किने घोषणा गरेका उनी अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल संघसँग छलफलपछि तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकका रूपमा काम गर्न सहमत भएका हुन् ।

यसअघि अल्मुताइरीले नेपाल फर्किएपछि आफ्नो दुई वर्षको लक्ष्य र योजनाको बारेमा जानकारी गराउने बताएका थिए । नेपाली फुटबलप्रेमी माझ लोकप्रिय अल्मुताइरी सामाजिक सञ्जालमा लेख्ले स्टाटस र आफ्नै बोलीले विवादमा आइरहन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७