नेपाल पपुवा न्यू गिनीलाई हराउँदै एकदिवसीय मान्यता नजिक
काठमाडौं, १ चैत्र । विश्व क्रिकेट छनौटको प्लेअफमा नेपालले पुपुवा न्यु गिनी २३ ओभरमै हराएको छ । नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई ६ विकेटले पराजित गरेको हाे । पपुवा न्यू गिनी दिएको ११५ रनको लक्ष्य ४ विकेट गुमाउँदै २३ ओभरमै पुरा गरे ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे । ५८ बल खेलेका दीपेन्द्रले १ चौका र ३ छक्का प्रहार गरेका थिए । मध्यक्रममा आरिफ शेखले २६ तथा कप्तान पारस खड्काले २० रनको योगदान दिएका थिए ।
नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनी २९ ओभरमै अलआउट भएका थिए । उनले ११४ रनमा समेटेको थियो । नेपाललका लागि ४.२ ओभर बलिङ गरेका ऐरीले १४ रन दिएका थिए दिएर ४विकेट लिए ।
यस्तै ८ ओभर बलिङ गरेका सन्दीप लामिछानेले २९ रन खर्चेर ४ विकेट नै लिए । भने करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन् ।
प्लेअफको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएमा नेपालले वान-डे अन्तर्राष्ट्रिय मान्यता पाउनेछ ।हारसँगै पपुवा न्यूगिनीले एकदिवसीय मान्यता गुमाएको छ । अहिले भइरहेको अर्को खेलमा नेदरल्याण्डसले हङकङलाई हरायो भने नेपालले अन्तिम खेल अघि नै ओडीआई स्टाटस पक्का गर्नेछ । तर, हङकङले जित्यो भने सातौं स्थानका लागि नेपाल र हङकङबीच खेल हुनेछ र त्यो खेल जित्ने टोलीले एकदिवसीय मान्यता पाउनेछ ।
Nepal fans ⬇
Paras Khadka just recorded this message especially for you! ??? #CWCQ pic.twitter.com/glEbUl635g
— Cricket World Cup (@cricketworldcup) March 15, 2018
मान्यता पाउँदाको फाइदा
एकदिवसीय मान्यता पाउनु भनेको अन्तर्रा्ष्ट्रिय क्रिकेटको अनुभव बटुल्नु हो । आइसिसीले डिभिजन–१ वा एकदिवसीय मान्यता पाएका राष्ट्रहरूलाई वार्षिक बजेट छुट्याएको हुन्छ । आइसिसीका अनुसार यस समूहमा रहने राष्ट्रले प्रतिवर्ष ७ देखि ८ करोड नेपाली रुपैयाँ प्राप्त गर्छ । आइसिसीले उपलब्ध गराएको बजेट स्तरीय प्रशिक्षक, विदेशमा अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा तथा नियमित प्रशिक्षणमा खर्च गर्नुपर्छ ।
यसैगरी, आइसिसीले आयोजना गर्ने विश्व क्रिकेट च्याम्पियनसिप, इन्टरकन्टिनेन्टल कप र एसिया कपजस्ता ठूला अन्तर्रा्ष्ट्रिय क्रिकेट प्रतियोतिगामा सहभागिता जनाउन अवसर पाउँछ । सातौँ स्थानका लागि हुने खेलबाट निर्णय हुने एसोसिएट राष्ट्र (पपुवा न्युगिनी)बाहेक हङकङ र नेपालमध्ये एकले एसिया कपमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट मान्यताप्राप्त टोलीबीच प्रतिस्पर्धा हुनेछ । ४ वर्षको मान्यताप्राप्त राष्ट्र बन्दा आइसिसीले प्रत्येक महिना सार्वजनिक गर्ने एकदिवसीय वरीयतामा स्थान पाउनेछ । तर, एकैपटक ठूलो टोलीसँग प्रतिस्पर्धा गर्न नपाउने प्रचलन छ ।
क्रिकेट अपडेट
विश्व क्रिकेट छनौटको प्लेअफमा पुपुवा न्यु गिनीविरुद्ध जवाफी व्याटिङ गरेको नेपालले १०० सन कटाएको छ । ११५ रनको पछयाएको नेपाल २० ओभरमा सन रन कटाएको हो । नेपालको लागि दिपेन्द्र सिहं ऐर ४० रन बनाएर खेलिरहेका छन् । भने २० अाेभरकाे छैटाै बलमा आरिफ शेख २६ रनमा अाउट भए । यस्तै नेपालका लागि पारस खड्काले २० रन, ज्ञानेन्द्र मल्लले ३ तथा अनिल शाहले ११ रन ल्याए । २० अाेभरकाे समाप्तीमा नेपालले ४ विकेट गुमाएर १०२ रन बनाएकाे छ ।
विश्वकप छनोटको प्ले अफमा नेपालका बलरहरु चम्किएपछि पपुवा न्यूगिनीले ११४ रनमा समेटेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले २७.३ ओभरका सबै विकेट गुमाउँदे ११४ रनमा मात्र बनाउन सक्यो । नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिहं ऐरले चार–चार विकेट लिए । करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन् ।
नेपालका दीपेन्द्र सिहं ऐरले पुपुवा न्यु गिनी लगातार तीन विकेट लिएको छ । उनले एकै ओभरका दुई विकेट सहित तीन विकेट लिएका हुन् ।
सि जि ए आमिनीको सातौँ विकेट, जे किलालाई आँठौ र एन भानवाको नौं विकेटको रुपमा आउट गरेका हुन् । आमिनी २३ ओभरको तेस्रो बलमा १९ रन र किला २५ ओभरको तेस्रो र भानवा चौथो बलमा आउट भएका हुन् । पिएनजिले २७ ओभरको समाप्तीमा सात विकेट गुमाएर११४ रन बनाएको छ ।
नेपालले पुपुवा न्यु गिनी सातौं विकेट लिएको छ । नेपालका लागि दीपेन्द्र सिहं ऐरले सि जि ए आमिनीको विकेट लिएको हुन् । उनले २३ ओभरको तेस्रो बलमा १९ रनमा आउट गरेको हुन् । पिएनजिले २४ ओभरको समाप्तीमा सात विकेट गुमाएर१११ रन बनाएको छ ।
पुपुवा न्यु गिनी विरुद्ध सन्दीप लामिछानेले लगातार चार विकेट लिएका छन् । उनले तेस्रो, चौथो, पाँचौ र छैटौ विकेट दिलाएका हुन् । उनले १२ ओभरको चौथोमा बलमा सि ए सोफरलाई १० मा एलविडब्ल्यू , १४ ओभरको छैटौं बलमा एस बाउलाई ११ रनमा बोल्ड र १६ ओभरको पहिलो बलमा एम डि दाईलाई ५ रनमा आउट गरेका हुन् ।
यस्तै उनले छैटोँ विकेट १८ ओभरको तेस्रो बलमा के. डोरिगालाई १० रनमा आउट गरे ।
पिएनजिले १७ ओभरको समाप्तीमा छ विकेट गुमाएर ८३ रन बनाएको छ ।
नेपाललाई तेस्रो सफलता सन्दीप लामिछानेले दिलाएका छन् । उनले १२ ओभरको चौथोमा बलमा सि ए सोफरलाई १० मा एलविडब्ल्यू आउट गरेका हुन् । पिएनजीले अहिले १ ओभरको समाप्तीमा ५२ रन बनाएको छ ।
नेपाल विरुद्ध पपुवा न्यू गिनीले १० ओभरमा ४१ रन जोडको छ । समुहको पुच्छारमा रहँदा समुहको चौथो स्थानमा रहेको नेपालसँग प्लेअफ खेलिरहेको पपुवा न्यू गिनीका लागि एस बाउले ८ रन र सिएज सोपरले ३ रन बनाएर खेलिरहेको छन् ।
नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लागि करण केसीले दोस्रो विकेट लिएका छन् । उनले सात ओभरको पाँचौ बलमा टिपि उरालाई आउट गरेका उराले ११ रन बनाए ।
नेपाललाई सोमपाल कामीले पहिलो सफलता दिलाएका छन्। सोमपालले पीएनजीका ओपनर अशादोल्लह भालालार्इ १० रनको स्कोरमा खेलिरहँदा एलबिडब्लुको आउट गरेका छन् । उनले दुई ओभरको तेस्रो बलमा आउट गरेका हुन् ।