नेपाल पपुवा न्यू गिनीलाई हराउँदै एकदिवसीय मान्यता नजिक


१ चैत्र २०७४, बिहीबार
Nepal dominant six wicket win against PNG

काठमाडौं, १ चैत्र । विश्व क्रिकेट छनौटको प्लेअफमा नेपालले पुपुवा न्यु गिनी २३ ओभरमै हराएको छ । नेपालले  पपुवा न्यूगिनी (पीएनजी)लाई ६ विकेटले पराजित गरेको हाे । पपुवा न्यू गिनी दिएको ११५ रनको लक्ष्य ४ विकेट गुमाउँदै २३ ओभरमै पुरा गरे ।

Nepal cricket

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे । ५८ बल खेलेका दीपेन्द्रले १ चौका र ३ छक्का प्रहार गरेका थिए । मध्यक्रममा आरिफ शेखले २६ तथा कप्तान पारस खड्काले २० रनको योगदान दिएका थिए ।

नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनी २९ ओभरमै अलआउट भएका थिए । उनले ११४ रनमा समेटेको थियो । नेपाललका लागि ४.२ ओभर बलिङ गरेका ऐरीले १४ रन दिएका थिए दिएर ४विकेट लिए ।

यस्तै ८ ओभर बलिङ गरेका सन्दीप लामिछानेले २९ रन खर्चेर ४ विकेट नै लिए । भने करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन् ।

प्लेअफको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएमा नेपालले वान-डे अन्तर्राष्ट्रिय मान्यता पाउनेछ ।हारसँगै पपुवा न्यूगिनीले एकदिवसीय मान्यता गुमाएको छ । अहिले भइरहेको अर्को खेलमा नेदरल्याण्डसले हङकङलाई हरायो भने नेपालले अन्तिम खेल अघि नै ओडीआई स्टाटस पक्का गर्नेछ । तर, हङकङले जित्यो भने सातौं स्थानका लागि नेपाल र हङकङबीच खेल हुनेछ र त्यो खेल जित्ने टोलीले एकदिवसीय मान्यता पाउनेछ ।

मान्यता पाउँदाको फाइदा
एकदिवसीय मान्यता पाउनु भनेको अन्तर्रा्ष्ट्रिय क्रिकेटको अनुभव बटुल्नु हो । आइसिसीले डिभिजन–१ वा एकदिवसीय मान्यता पाएका राष्ट्रहरूलाई वार्षिक बजेट छुट्याएको हुन्छ । आइसिसीका अनुसार यस समूहमा रहने राष्ट्रले प्रतिवर्ष ७ देखि ८ करोड नेपाली रुपैयाँ प्राप्त गर्छ । आइसिसीले उपलब्ध गराएको बजेट स्तरीय प्रशिक्षक, विदेशमा अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा तथा नियमित प्रशिक्षणमा खर्च गर्नुपर्छ ।

यसैगरी, आइसिसीले आयोजना गर्ने विश्व क्रिकेट च्याम्पियनसिप, इन्टरकन्टिनेन्टल कप र एसिया कपजस्ता ठूला अन्तर्रा्ष्ट्रिय क्रिकेट प्रतियोतिगामा सहभागिता जनाउन अवसर पाउँछ । सातौँ स्थानका लागि हुने खेलबाट निर्णय हुने एसोसिएट राष्ट्र (पपुवा न्युगिनी)बाहेक हङकङ र नेपालमध्ये एकले एसिया कपमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट मान्यताप्राप्त टोलीबीच प्रतिस्पर्धा हुनेछ । ४ वर्षको मान्यताप्राप्त राष्ट्र बन्दा आइसिसीले प्रत्येक महिना सार्वजनिक गर्ने एकदिवसीय वरीयतामा स्थान पाउनेछ । तर, एकैपटक ठूलो टोलीसँग प्रतिस्पर्धा गर्न नपाउने प्रचलन छ ।

 

 

क्रिकेट अपडेट


विश्व क्रिकेट छनौटको प्लेअफमा पुपुवा न्यु गिनीविरुद्ध जवाफी व्याटिङ गरेको नेपालले १०० सन कटाएको छ  । ११५ रनको पछयाएको नेपाल २० ओभरमा सन रन कटाएको हो । नेपालको लागि दिपेन्द्र सिहं ऐर ४० रन बनाएर खेलिरहेका छन्  । भने २० अाेभरकाे छैटाै बलमा आरिफ शेख २६ रनमा अाउट भए । यस्तै नेपालका लागि पारस खड्काले २० रन, ज्ञानेन्द्र मल्लले ३ तथा अनिल शाहले ११ रन ल्याए । २० अाेभरकाे समाप्तीमा नेपालले ४ विकेट गुमाएर १०२ रन बनाएकाे छ ।

Nepal dominant six wicket win against PNG


विश्वकप छनोटको प्ले अफमा नेपालका बलरहरु चम्किएपछि पपुवा न्यूगिनीले ११४ रनमा समेटेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले २७.३ ओभरका सबै विकेट गुमाउँदे ११४ रनमा मात्र बनाउन सक्यो । नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिहं ऐरले चार–चार विकेट लिए । करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन् ।

 


नेपालका दीपेन्द्र सिहं ऐरले पुपुवा न्यु गिनी लगातार तीन विकेट लिएको छ । उनले एकै ओभरका दुई विकेट सहित तीन विकेट लिएका हुन् ।
सि जि ए आमिनीको सातौँ विकेट, जे किलालाई आँठौ र एन भानवाको नौं विकेटको रुपमा आउट गरेका हुन् । आमिनी २३ ओभरको तेस्रो बलमा १९ रन र किला २५ ओभरको तेस्रो र भानवा चौथो बलमा आउट भएका हुन् । पिएनजिले २७ ओभरको समाप्तीमा सात विकेट गुमाएर११४ रन बनाएको छ ।cricket Nepal


 नेपालले पुपुवा न्यु गिनी सातौं विकेट लिएको छ । नेपालका लागि दीपेन्द्र सिहं ऐरले सि जि ए आमिनीको विकेट लिएको हुन् । उनले २३ ओभरको तेस्रो बलमा १९ रनमा आउट गरेको हुन् । पिएनजिले २४ ओभरको समाप्तीमा सात विकेट गुमाएर१११ रन बनाएको छ ।


 पुपुवा न्यु गिनी विरुद्ध सन्दीप लामिछानेले लगातार चार विकेट लिएका छन् । उनले तेस्रो, चौथो, पाँचौ र छैटौ विकेट दिलाएका हुन् । उनले १२ ओभरको चौथोमा बलमा सि ए सोफरलाई १० मा एलविडब्ल्यू , १४ ओभरको छैटौं बलमा एस बाउलाई ११ रनमा बोल्ड र १६ ओभरको पहिलो बलमा एम डि दाईलाई ५ रनमा आउट गरेका हुन् ।
यस्तै उनले छैटोँ विकेट १८ ओभरको तेस्रो बलमा के. डोरिगालाई १० रनमा आउट गरे ।
पिएनजिले १७ ओभरको समाप्तीमा छ विकेट गुमाएर ८३ रन बनाएको छ ।


नेपाललाई तेस्रो सफलता सन्दीप लामिछानेले दिलाएका छन् । उनले १२ ओभरको चौथोमा बलमा सि ए सोफरलाई १० मा एलविडब्ल्यू आउट गरेका हुन् । पिएनजीले अहिले १ ओभरको समाप्तीमा ५२ रन बनाएको छ ।sandeep


नेपाल विरुद्ध पपुवा न्यू गिनीले १० ओभरमा ४१ रन जोडको छ । समुहको पुच्छारमा रहँदा समुहको चौथो स्थानमा रहेको नेपालसँग प्लेअफ खेलिरहेको पपुवा न्यू गिनीका लागि एस बाउले ८ रन र सिएज सोपरले ३ रन बनाएर खेलिरहेको छन् ।

 


नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका लागि करण केसीले दोस्रो विकेट लिएका छन् । उनले सात ओभरको पाँचौ बलमा टिपि उरालाई आउट गरेका उराले ११ रन बनाए ।karan kc


नेपाललाई सोमपाल कामीले पहिलो सफलता दिलाएका छन्। सोमपालले पीएनजीका ओपनर अशादोल्लह भालालार्इ १० रनको स्कोरमा खेलिरहँदा एलबिडब्लुको आउट गरेका छन् । उनले दुई ओभरको तेस्रो बलमा आउट गरेका हुन् ।Sompal Kami 1


 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७