२०७९ माघ ४ गते बुधबारको तपाईको राशिफल

माघ कृष्ण एकादशी पञ्चाङ्गः वृद्धि बालव अनुराधा, षट्तिला एकादशी


४ माघ २०७९, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्ने छ । योजना गोप्य राखेर अघि बढ्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आँटेको र ताकेको कार्य अघि बढ्ने छ । पारिवारिक सहयोग र सद्भाव बढ्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने विश्वास गरेकै हरुबाट धोका हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आकस्मिक यात्राको अवसर आउन सक्छ र यात्राबाट लाभ नै मिल्ने छ । काम देखाएर अरूको मन लोभ्याउन पनि सकिने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कुनै समाचारले मनमा शान्ति छाउने छ । आम्दानी बढाउने कामको योजना गर्न सकिने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धर्म, कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक कार्यमा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगी हातहरू अघि बढ्ने छन् । आफन्तको प्रगतिमा मन रमाउने छ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ । जोश, जाँगर र हिम्मत बढ्ला । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७