निर्दोष चित्रकारको नाम कसरी पर्यो ?


२० जेष्ठ २०७५, आईतवार

ललितपुर, २० जेठ । युवा ब्यवसायी रोमियो चित्रकार ललितपुरको मंगलबजारका बासिन्दा हुन । उनी सानैदेखि निर्माण ब्यवसायमा आवद्ध छन् । उनी समाजसेवा र ब्यवसायमा संलग्न रहिरहेकै बेलामा उनका बारेमा भ्रमपूर्ण समाचारहरु मिडियामा आएको दुखेसो गरे । हामी आफ्नो काम गर्ने सोझासिधा मानिसलाई संलग्न नै नभएको जुवा खेलेको भनेर समाचार आएकोमा उनले दुःख प्रकट गरेका छन् । दशैं तिहार जस्ता पर्वमा साथीहरुसँग तास खेल्नेबाहेक जुवा भन्ने कुरा कहिल्यै नखेलेको प्रष्ट पार्दै चित्रकारले भने, नखाएको बिष मलाई लागेको छ । नयाँपेज डटकमले बुझ्दै नबुझी कसैको गलत सूचनाको आधारमा मेरो नाम जुवा खेलेर करोडौं रुपैयाँ हारेको भनेर उल्लेख गरेको छ । त्यसले मेरो सामाजिक प्रतिष्ठामा आँच पुगेको छ । ‘म कहिल्यै पनि जुवा खेल्ने जस्ता गैरकानुनी गतिविधिमा संलग्न छैन’, चित्रकारले भने, मेरो नाम अनाहकमा मुछिँदा मलाई साह्रै दुःख लागेको छ ।
रोमियो चित्रकारको नाम भूलबस ‘ललितपुरमा जुवा अखाडा’ शीर्षकको समाचारमा पर्न गएकोमा सच्याइएको छ– सम्पादक ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७