निर्धारित समयमा इङ्ल्याण्ड र क्रोएशियाबीच बराबरी, खेल अतिरिक्त समयमा धकेलियो
काठमाडौं, २७ असार (एजेन्सी) । रसियामा जारी विश्वकप फुटबलको सेमिफाइनलको इङ्ल्याण्ड र क्रोएशियाबीचको खेल अरिरिक्त समयमा धेकेलिएको छ । रसियाको लुजनिकी स्टेडिममा अहिले भइरहेको खेलको निर्धारित समयमा १–१को बराबरीमा सकिएपछि खेल अरिरिक्त समयमा धकेलिएको हो ।
खेलमा इङल्याण्डले पाँच मिनेट लिएको अग्रतालाई क्रोएसियाले ६८ औं मिनेटमा बराबरी गरे थिए । त्यसपछि गोलको प्रयास भएपनि निर्धारित समयमा थप गोल हुन सकेन् ।
इङ्ल्याण्डले खेल सुरू भएको ५ मिनेटमा नै फ्रिकिकबाट गोल गरेर अग्रता लिएको थियो । इङल्याण्ड लागि मिडफिल्डर किरियन ट्रिपियरले गोल गरे । डिवक्सबाहिर फल भएपछि क्रोएशियाविरूद्ध पाएको फ्रिकिक मार्फत गोल गरेका हुन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।
क्रोएशियाका लागि इभान पेरिसिकले गरेका हुन्। । सिमी भर्सजिकोले डी बक्समा उठाएर दिएको बललाई पेरिसिकले पोस्टको दिशा दिएका थिए ।
यस खेलको विजेताले विश्वकप उपाधिका लागि फ्रान्ससँग खेल्नेछ । भने पराजित हुने टोली त्यसअघि तेस्रो स्थानका लागि बेल्जियमसँग खेल्नेछ । फ्रान्सले मंगलबार भएको पहिलो सेमिफाइनलमा बेल्जियमलाई पराजित गर्दै फाइनलमा स्थान बनाई सकेको छ ।